२२. बोर्डको बैठक सम्बन्धी कार्यविधि :-
(१) बोर्डको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) अध्यक्षले तोकेका मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ ।
(३) सदस्य सचिवले अध्यक्षको स्वीकृति लिई बोर्डको बैठक बोलाउनेछ ।
(४) सदस्य सचिवले बोर्डको बैठक बस्ने सूचनासहित बोर्डमा छलफल हुने विषय समेतको सूची बैठक बस्नुभन्दा कम्तीमा तीनदिन अगावै सदस्यलाई दिनु पर्नेछ ।
(५) बोर्डको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बोर्डको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।
(६) बोर्डको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफूहरुमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(७) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनसक्नेछ ।
(८) बोर्डको बैठकसम्बन्धी अन्य कार्यविधि बोर्ड आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।